News in Nepali

बन्दको उल्लंघन गरेको भन्दै यातायातका साधनहरु माथी आगजनी र तोडफोड

Lumbinikhabar Online

मकवानपुरको हेटौंडामा अमेरिकी सहयो परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको उल्लंघन गरेको भन्दै बन्दकर्ताहरुले बल्कर गाडी आगजनी गरेका छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने क्रममा शिवम् सडकको पावर हायस नजिक बन्दकर्ताहरुले प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा खागजनी गरेका थिए । आगजनीबाट बल्करको अगाडीको भाग पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बन्दकर्ताहरुले हेटौंडा–१९ बस्तिपुरमा एक ट्रकमा तोडफोड गर्दै सडक अवरुद्ध पारेका छन् । बन्दकर्ताहरुले ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएका छन् भने केही बेर सडक समेत अवरुद्ध पारेका थिए ।

एमसीसी पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रहरिका अनुसार अन्य केही स्थानमा सडक अवरुद्ध गर्न टायर बाल्ने काम बन्दकर्ताबाट भएका छन् । सामान्य अवरोध भएपनि अवस्था प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?