प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।