News in Nepali

पर्खिनुस अब गठबन्धन भत्किन्छ : झलनाथ खनाल

Lumbinikhabar Online

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धनमा एमसीसीबारे कुनै सहमतिको सम्भावना नभएको बताएका छन् ।

उनले एमसीसीमा कहिल्यै सहमति नहुने भन्दै यथास्थितिमा एमसीसी पास गर्ने प्रयास भए सडक आन्दोलन तताउने बताए । उनले भने ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’

उनले एमसीसीका पक्षधरहरू महाशक्तिको पछाडि लागेको आरोप लगाए । ‘एकथरी महाशक्तिको पछाडि लागेका छन्, अर्कोथरी यो देशको स्वतन्त्रताको पक्षमा, सार्वभौमसत्ताको पक्षमा लागेका छौँ,’ उनले भने
उनले महाशक्तिको पछाडि दौडिएकाहरू र देशको स्वतन्त्रताको पक्षधरहरूबीचमा सहमतिको सम्भावना नभएको बताए । नेता खनालले सत्ता गठबन्धनसमेत अब भत्किन सक्ने बताए । ‘अहिलेसम्म त गठबन्धन भत्किएको छैन, तर पर्खिनुस्, अब भत्किन्छ,’ उनले भने ।

एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले यी दुइटा कहिल्यै मिल्दा पनि मिल्दैनन्, मिल्ने वाला पनि छैनन् ।’

Tags

छुटाउनु भयो कि ?