सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् ।
परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् ।
बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने र अरु न्यायाधीश सरुवा र केहीको पदस्थापनको निर्णयसमेत गर्नेछ ।