News in Nepali

एमसीसीको बिरोध गर्दा पक्राउ परेकालाई निःशर्त रिहाइ गर्न क्रान्तिकारी माओवादीको माग

Lumbinikhabar Online

मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न आग्रह गरेको छ ।

मंगलबार पार्टी महासचिव किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ गरिएका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न आग्रह गरेका हुन् ।

साथै क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई लगाएका झुट्टा मुद्दाको निन्दा तथा भर्त्सना गर्दै उनीहरुलाई निःशर्त रिहाइ गर्न माग गरेको छ ।

Tags

छुटाउनु भयो कि ?