नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले कीर्तिपुरमा आक्रमण गर्दा पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडेको निधन भएको बताएका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उनले एस्तो बताएका हुन् ।
‘पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियान राम्रो हो । तर, पृथ्वीनारायण शाहले गलत नै गर्दैनथे भन्ने होइन,’ उनले भने, कीर्तिपुरमा आक्रमण गर्दा पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडेको निधन भएको हो ।’
यसबारे उनले थप भने, ‘कालु पाँडे अहिले कीर्तिपुरमा आक्रमण गर्नुहुँदैन भनेका थिए । पृथ्वीनारायण शाहले कालु पाँडेका कारण युद्ध हारिने भयो भने । त्यसपछि उनी पनि आक्रमण गर्न राजी भए । कीर्तिपुरमा पाँँच हजार सेना तयारी अवस्थामा थिए । यता एक हजार २०० थिए । यस कारण १८१४ जेठ १९ गते कीर्तिपुर आक्रमण गर्दा कालु पाँडे मारिए ।’