News in Nepali

एमसीसी संसदबाट अनुमोदन हुनेमा काङ्ग्रेस प्रवक्ता महतको विश्वास

Lumbinikhabar Online

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन हुने बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता महतले सत्तारुढ दलहरुले जसरिपनि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गर्ने भन्दै उनले भने, ‘बीआरआईमा मैले नै सही गरेको हुँ । नेपालको हित हुने कुनै पनि सहयोगलाई स्वागत गर्छौं अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ ।’

सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?