नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै महासचिव कमरेड शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ(आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए ।
१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ ।