News in Nepali

राजकुमार चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय

Lumbinikhabar Online

उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ ।

न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो ।

उच्च अदालतले आइतबार सैनिक चिरणकुमार बुढालाई जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।

२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो । त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए । सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो ।

उनका बाबु विष्णुलाल चेपाङले ६ सैनिकले आफ्नो छोरालाई कुटपिट गरेको भनी जाहेरी दिएका थिए । त्यसपछि पीडित पक्षको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो ।

त्यही मुद्दामा जिल्ला अदालतले भवितव्य भएको भन्दै चिरण कुमार बुढालाई ९ महिना कैद सजाय र ९ हजार जरिवाना गरेको थियो । साथै मृतकका बाबुलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराइदिनुपर्ने भनी फैसला गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?