News in Nepali

एमसीसी राष्ट्रघाती हो भन्नेहरुले पहिला आफ्ना पार्टीका अध्यक्षलाई मुर्दावाद भन्न सक्नुपर्छ : गगन थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका छन् ।

आइतबार सञ्चारकर्मीसंगको कुराकानीमा थापाले भने ‘यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने माननीय भीम रावलले सबैभन्दा पहिले केपी शर्मा ओली मुर्दावाद भनेर संसदभित्र नारा लगाउन सक्नुपर्छ । संसदभित्र एमसीसीको विरोध गर्नुअघि एमालेका सांसदहरूले केपी शर्मा ओली मुर्दावाद, माओवादीका सांसदले प्रचण्ड मुर्दावाद र एकीकृत समाजवादी पार्टीका सांसदहरूले माधव नेपाल मुर्दावाद भन्न सक्नुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा दर्ता गरेको तथा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल लगायतका नेतहरू पनि जोडिएकाले सांसदहरूले यसको विरोध गर्नु सुहाउँदो विषय नभएको बताएका हुन् ।

Tags

छुटाउनु भयो कि ?