हाम्रो नेपाल, हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरे लगत्तै प्रवक्ताको जिम्मेवारी पाएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहिलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेको घोषणा गरेका छन् ।
राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनीत भइसकेका छन् ।