नेकपा (एकीकृत समाजवादी) निकट भातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।
विहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी–स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० विघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली ,तत्कालीन भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
त्यस्तै भिजिट नेपाल २०२० मा विदेशीहरुलाई व्यापक रुपमा भित्र्याउने उदेश्यले प्रचार प्रसारका लागि राज्यकोषको करौडौको रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गरिएको उनले बताए । अनेरास्ववियुका तर्फबाट बागमति प्रदेश कमिटी संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गराएका हुन् ।