नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको जोड पाँच दलिय गठबन्धन कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने कुरामा भएको बताएका छन् ।
आज माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई कसरी निकास दिने भनेर छलफल भएको बताए ।