नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको छ।
गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो ।
भोलि बस्ने संसद बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भइरहेका बेला एमसीसी यथास्थितिमा अघि बढाउन नहुने अडान राख्दै आएका उनीहरु बिच छलफल भएको स्रोतले जनाएको छ ।