प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
बुधबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल हुन नसकेपछि बुधबार साँझ नै अमेरिकी राजदूतले प्रधानमन्त्रीसँग भेट गरेका हुन्
भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको भएको बालुवाटार निकट श्रोतले जनाएको छ ।