सबै दलहरु बिच राष्ट्रिय सहमती नभएर एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने भन्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले उक्त सम्झौताको लागि जबर्जस्ती नगर्न जोड दिएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘नमिलेका कुरामा जबर्जस्ती हुँदैन । कतिपय विषय वर्षौंवर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिमार्जित हुन्छन्, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ’
उनले एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरीतका विषय रहेकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन हुन नसक्ने पनि बताए ।