News in Nepali

एमसीसीलाई टेबुलमा लैजानु भन्दा पहिला राष्ट्रिय सहमति हुनुपर्नेमा देव गुरुङको जोड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका नेता तथा संसदीय दलको प्रमुख सचेतक देव गुरुङले एमसीसीबारे राष्ट्रिय सहमति आवस्यक रहेको बताएका छन् । यस्ता गम्भीर विषयलाई संसद्‍मा टेबल गर्नुअघि राष्ट्रिय सहमति आवश्यक रहेको उनको अडान थियो ।

संसद्‍ अवरुद्ध भइरहेका बेला एमसीसी टेबल गर्न नहुने उनले बताए । ‘जसलाई जे मन लाग्यो त्यही टेबल गर्ने ? यो गठबन्धन सरकारको चरित्र भएन । यस्तो गम्भीर विषयलाई टेबुलमा लैजानुअघि आपसी सल्लाह र सहमतिबाट निर्णय गर्नुपर्ने थियो ।

उनले भनेका छन्, ‘संविधानलाई नै प्रभावित पार्ने विषयलाई टेबुलमा लैजान राष्ट्रिय सहमति आवश्यक पर्छ । संविधानको कुन धारा, दफा अनुसार छिर्ने भन्ने विधि आवश्यक हुन्छ । यसका लागि पहिले राष्ट्रिय सहमति गर्नुपर्छ ।’

Tags

छुटाउनु भयो कि ?