सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरे संगै एस विषयमा छलफल गर्न बैठक बसेको हो ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा नै माओवादीको छलफल केन्द्रीत हुने बुझिएको छ ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।