काठमाडौंको ठूलो भर्याङबाट बलात्कार मुद्दामा फरार रहेका एक युवकलाई २४ वर्षपछि पक्राउ गरिएको छ । जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पीडित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
संखुवसभाको महालु गाउँपालिका- १ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौंको ठूलो भर्याङबाट सोमबार पक्राउ गरिएको हो । उनले २०५४ सालमा एक महिलालाई रातको समयमा खेतको काम सकेर फर्कदै गर्दा ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको र २०६१ साल चैत १० गते जिल्ला अदालत संखुवासभाले दोषी ठहर गरेको थियो ।
फैसला कार्यान्वयनका लागि उनलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।