News in Nepali

नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने

Lumbinikhabar Online

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोगी भूमिका निभाएको भन्दै निरन्तर संसद बैठक अवरोध गर्दै आएको नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ ।

बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो ।

आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।

Tags

छुटाउनु भयो कि ?