नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी नेपालको राष्ट्रिय हितमा रहेको बताएका छन् ।
संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने `अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’
पूर्वअर्थमन्त्री समेत रहेका महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने भन्दै उनले राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए ।
यो संगै जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको भन्दै उनले ती भ्रमहरु चिर्न कांग्रेस सांसदहरुलाई आग्रह समेत गरे ।