नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई अगाडि बढाउन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने।
नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए। जबरा माथि नेपाल बार एशोसिएसन र न्यायाधीशहरुले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ थियो।