सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि मङ्गलवार बस्ने भएको छ ।
मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने भएको छ ।
नेपाली कांग्रेसका सांसदसहित सत्ता गठबन्धनका आठ सांसदको हस्ताक्षरमा हिजो प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसलाई संसदीय समितिमा छलफलको विषय बनाइनुपर्ने माग कांग्रेसभित्र उठेको छ ।