बाँकेमा खाल्डोमा डुबेर एक वर्षीय बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी मुलुक भारतकी सबिना साह रहेकी छन् ।
जिल्लाको जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हो ।
मृतक बालिका भारतको पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको छोरी रहेको प्रहरीले जनाएको छ ।
अहिले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।