नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिलेको सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गरे ।
कार्यक्रममा बोल्दै नेता ओलिले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि आग्रह गरे । ‘अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,’ ओलीले भने । उनले पार्टी विभाजनको असर कम नै रहेको दाबी गरे । ‘षड्यन्त्र रुपमा पार्टी विभाजन गर्दा पनि स्थानीय निकायमा पार्टीको वर्चश्व छ । विभाजनको असर दुई डिजिटभन्दा कम नै विभाजन भयो,’ उनले भने ।
यसरी , तीनै तहको निर्वाचनमा गठबन्धनसँगै लडेर बहुमत प्राप्त ओलिले दाबी गरे ।