News in Nepali

एमसीसी को विषयलाई लियर प्रचण्ड र ओलि बीच फोनवार्ता

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्छु भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएको छ । हिजो बेलुकी प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभएको हो ।

ओलीको जवाफ उदृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ।– ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ । हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्, नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएको छ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार बिहान नेपालका प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न ‘अन्तिम’ आग्रह समेत गरेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?