News in Nepali

नवलपुरमा अटो चालकको हत्या गरि फरार रहेका एक अभियुक्त पक्राउ

Lumbinikhabar Online

नवलपुरको कावासोती नगरपालिका वडा नं १३ गैरीगाउँका ५२ वर्षीय अटो चालक माधव गिरीको हत्या गरि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतकका गाउँले छिमेकी पृथ्वी भुजेल रहेका छन्। उनले गत माघ १७ गते गिरीको हत्या गरेका थिए ।
उनीहरूले सँगै मदिरा पिएको र त्यसै राति गिरीको हत्या गरि फरा भएका थिए । भुजेलले चालकको हत्या गरेर घोलको हिलोमा पातले छोपिएको अवस्थामा गिरिको शव भेटिएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?