राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले हालै पार्टी परित्याग गरेका नेता कमल थापालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् ।
बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका पूर्व अध्यक्षपशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताएका छन् । साथै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गरे ।
बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेको गुनासो गरे ।