नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
भेटमा पछिल्ला राजनीतिक घटनाक्रमहरू अमेरिकाको मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्डलाई भेट्न बिहान खुमलटार पुगेका कांग्रेस नेता कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डलाई आग्रह गरेका छन् ।
यस्तै , माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।
अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन गर्दा अहिलेको सरकार पनि बच्ने तथा संविधान र लोकतन्त्रको रक्षाका निमित्त समेत गठबन्धनले आफ्नो उदेश्यबमोजिम काम गर्न सक्ने बताएका थिए ।