News in Nepali

एमसीसी संशोधन नभएसम्म संसदमा टेबुल नहुने माओवादी नेता देव गुरुङको दाबी

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसी परियोजना संशोधन नभएसम्म संसदमा टेबुल नहुने बताउनुभयो ।

वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने नेता गुरुङले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वतः समाप्त हुने उहाँले बताउनुभयो । नेता गुरुङले भन्नुभयो, ‘एमसीसी यही अवस्थामा अनुमोदन हुन सक्दैन । त्यसैले यसलाई संशोधन गर्नुपर्‍याे, परिमार्जन गर्नुपर्‍याे, एमसीसी कम्पनीसँग कुराकानी गर्नुपर्‍याे भन्ने कुरा भइराखेको छ पाँच दलभित्र । कति संशोधन हुन सक्छ, कति परिमार्जित हुन सक्छ, त्यही आधारमा दलहरू बीचमा कति राष्ट्रिय सहमति हुन्छ, हुँदैन भन्ने कुराको आधारमा अगाडि बढ्ने हो । ´

नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाका निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै ती मुद्दाहरू यथावत् रहेकाले स्थानीय तहकाे चुनावमा पनि गठबन्धन कायम राख्नुपर्ने बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?