News in Nepali

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई नियुक्त

Lumbinikhabar Online

सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराईलाई ५ वर्षको लागि नियुक्त गरेको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज रहेका उनले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् ।समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् ।

Tags

छुटाउनु भयो कि ?