नेत्रविक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा सहित केही नेता तथा कार्यकर्ताहरुले उक्त पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
स्रोतका अनुसार मंगलबार खुमलटारमा इन्चार्ज तिरुवासहित नेकपाको जुम्ला कमिटी नै माओवादी केन्द्रमा समाहित भएको हो । उनिहरुलाइ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ` प्रचण्ड ´ले आफ्नो मुल पार्टिमा फर्किएकोमा धन्यवाद दिनै स्वागत गरेका छन् ।
युद्धरत माओवादीले शान्तिवार्ता गरि चुनावी प्रक्रियामा सामेल भइसकेपछि २०६९ असार ४ मा पार्टीका वरिष्ठ नेता मोहन वैद्य युद्धकालीन ठूलो समूहसहित बाहिरिएका थिए ।
सोही बेला चन्द निकट मानिने तिरुवाले पनि पार्टी छाडेका थिए । पछि वैद्य नेतृत्वको पार्टी फुटेपछि भने तिरुवा चन्द नेतृत्वको नेकपामा गएका थिए ।