दाङमा करिब आठ किलो लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनावाङ घर भई घोराही-१४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही-१८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् । उनिहरुलाई दाङको घोराही बसपार्कबाट ७ किलो ७७९ ग्राम लागूऔषध चरेससहित पक्राउ गरिएको प्रहरिले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।