नेकपा (माओवादी केन्द्र) ले अमेरिकी स्वतन्त्र परियोजना एमसीसीबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति गरेको छ ।
आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो २७ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो ।
केन्द्रीय समिति बैठकअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछिमात्रै त्यसबारेमा ठोस निर्णय गर्ने समझदारी बनेको माओवादीका एक नेताले बताए ।
एता प्रधानमन्त्री शेरबहादुर देउवा भने संसदको यही अधिवेशनमा र सकेसम्म आउँदो २६ गते नै एमसीसी अनुमोदनसम्बन्धी परियोजना संसदमा टेबुल गर्ने पक्षमा छन् ।