पर्सामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ ।
ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा बा ५५ प ६५२८ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे ठोक्किदा मोटरसाइकलमा सवार जिराभवानी गाउँपालिका ४ की ३० बर्सिया विद्या देवी र उनकी ४ बर्सिया छोरी घाइते भएका थिए ।
उनिहरुलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो । विद्या देवीको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।