ठगी मुद्दामा फरार रहेका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने पंचमान महर्जनलाई रहेका छन् ।उनी निङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा-समिति संयोजक हुन् ।
काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मुद्दामा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ब्यूरोबाट खटिएको प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो । उक्त संस्थाको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैयाँ जाहेरवालाहरूलाई फिर्ता नदिई तोकिएको प्रयोजनबाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा पंचमान समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ ।