News in Nepali

प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएको भन्दै नेकपा एमालेको विरोध

Lumbinikhabar Online

प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।

आपसी भगभण्डाको लागि मन्त्रालय फुटाइ विकास आयोजना र स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाएको छ ।

सरकारले जनबिरोधी कार्य गरेको भन्दै नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेता भीम आचार्यले विज्ञप्ति जारी गर्दै ‘ नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भर्त्सना गर्दछ र यस्ता कामहरु अविलम्ब रोक्‍न तथा बाढी-पहिरो पीडित जनताको राहतको निम्‍ति अघिल्लो सरकारले गरेका निर्णयहरु कार्यान्वन गर्न आह्वान गर्दछ।’ भनेर लेखिएको छ ।

Tags

छुटाउनु भयो कि ?