धनुषामा अत्याधिक हावाहुरीका कारण विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा दुई जना विद्यार्थीको ज्यान गएको छ ।
जिल्लाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले रुख ढल्दा दुवै जनाको ज्यान गएको हो ।