News in Nepali

दाङमा दुई लाख ८२ हजार रुपैयाँ नगद सहित आठ जुवाडे पक्राउ

Lumbinikhabar Online

दाङमा दुई लाख ८२ हजार तीन सय रुपैयाँ नगदसहित आठ जुवाडेलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ७ का प्रमोदकुमार खड्का, निराजन मल्ल, उत्तम डाँगी, रमेश रावत, बइई गाउँपालिका ४ का बलिराम खत्री रहेका छन् । यस्तै तुलसीपुर उपमहानगरपालिका ९ का राजेशकुमार बोहरा, वडा नं. १० का ध्रुव शाह र भारत बिहार घर भइ शान्तिनगर गाउँपालिका ५ बस्दै आएका हजरत अली पनि पक्राउ परेका छन् ।

हिजाे बुधवार राति शान्तिनगर पाउँपालिका ५ मा रहेकाे निराजन मल्लको घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरूको साथबाट विभिन्न कम्पनीका १० थान मोबाइल र एक बुक तास बरामद गरेको छ ।

 

Tags

छुटाउनु भयो कि ?