शेयर बजार परिसूचक नेप्से आज बिहीवार आज १४ दशमलव ५८ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ७५ विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि एक करोड ५७ लाख ८० हजार कित्ता शेयर आठ अर्ब ६१ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ८२ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भयो ।