News in Nepali

रुस–युक्रेन सम्भावित युद्ध रोक्न अपील गर्दै बुटवलको चौराहामा शान्ती समाजको प्रदर्शन

Lumbinikhabar Online

रुपन्देहीमा रुस–युक्रेन सम्भावित युद्ध रोक्न अपील गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न अपील गर्दै समाजले बुटवलको चौराहामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले रुस र युक्रेनलाई युद्ध रोक्न, शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न अपील गरिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युद्धले क्षति मात्रै हुने र कसैले पनि नजित्ने भएकाले शान्तिपूर्ण मार्गबाट नै सबैको जित हुने भन्दै रुस–युक्रेन सम्भावित युद्ध टार्न विश्वभरका राजनीतिक दलहरुले समेत दुबै देशलाई दबाव दिनुपर्ने धारणा प्रदर्शनकारिहरुले राखेका थिए ।

 

Tags

छुटाउनु भयो कि ?