• २०८२ असार ३१, मंगलबार ( )
News in Nepali

काठमाडौंमा चर्को शुल्क लिएर कोरोनाको नक्कली रिपोर्ट बनाइदिने चार जना पक्राउ

Lumbinikhabar Online

काठमाडौंमा चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट बनाइदिने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली , बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा , विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान र छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव रहेका छन् ।

उनिहरुलाई भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ गरिएको हो ।

उनीहरुले व्यक्तिको स्वाबको नमुना नलिइकनै रिपोर्ट दिने गरेको र कतिपय पीसीआर पोजेटिभ देखिएका नमुनाको सिटी भ्यालु तलमाथि गरी विचौलियाको मिलेमतोमा पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी एकजना व्यक्ति बापत १० हजार रुपैयाँसम्म असुल गरेको पाइएको पनि अपराध अनुसन्धान महाशाखाले बताएको छ ।

उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?