सभामुख अग्नि प्रसाद साप्कोटा अमेरिकी स्वतन्त्र परियोजना एमसीसी पास गर्न सबै दलको सहमति हुनुपर्नेमा अडिक छन् ।
उनले छलफलहरुमा प्रायः एमसीसीमा राष्ट्रिय सहमति, एमसीसीमा जनस्तरबाट उठेका प्रश्नको निरुपण र संसदको अवरोध अन्त्य जस्ता कुराहरू राख्दै आएका छन् । सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरु एकमत भएजस्तै एमसीसीको विषयमा पनि एकमत हुँदा राम्रो हुने सभामुखको धारणा रहेको उनको भनाइ छ ।
उनी भन्छन् `सबै दल सहमत भएर आए मेरो भन्नु केही छैन तर जनताले जवाफ पाउनुपर्छ’