News in Nepali

रसुवागढी नाकाबाट हुने आयात निर्यात हिजाेदेखि एक हप्तासम्मका बन्द

Lumbinikhabar Online

चिनियाँ नयाँ वर्षको कारण रसुवागढी नाकाबाट हुने आयात निर्यात हिजाेदेखि एक हप्तासम्मका लागि रोकिएको छ ।
केरुङमा रहेका कर्मचारी घर गएका कारण सामग्री आयात निर्यात रोकिएको हो । ल्होसारको समयमा हरेक वर्ष नाकाबाट आयात निर्यात रोकिने गरेको छ । चिनियाँ भन्सार कार्यालयले आइतवारसम्म गाडीमा सिल लगाएको थियो ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

Tags

छुटाउनु भयो कि ?