काठमाडौ उपत्यकामा नियन्त्रित लागु औषध ट्रामाडोलको अवैध कारोबार गरिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । २० हजार ८१५ क्याप्सुल नियन्त्रित लागु औषध ट्रामाडोलसहित प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चैनपुर नगरपालिका-८ बझाङ घर भई हाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका २९ वर्षीय उमेश कुमार केसी, म्यगङ गाउँपालिका-५ नुवाकोट घर भएका ३४ वर्षीय राजाराम दवाडी मध्यनेपाल नगरपालिका-१ लमजुङ घर भई टोखा बस्दै आएका ३८ वर्षीय बद्रीनाथ पौडेल र रामेछाप गोकुलदगंगा गाउँपालिका-१ घर भई सिफल बस्दै आएका सुनिल भन्ने २५ वर्षीय निमा दोर्जे शेर्पा, रहेका छन् । उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाहीका लागि औषधि व्यवपस्था विभाग बिजुलीबजार पठाइएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।