कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया शुरु गरेको छ ।
सरकारले अघिल्लो आर्थिक वर्ष मै कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो ।
सोही घोषणाा अनुरुप प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । सो क्रममा चार किल्ला तोकेर नक्सार तयार पारिएको छ । यस क्षेत्रलाई सरकारले ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्नेछ । सो क्षेत्रको सिमांकन समेत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।