News in Nepali

सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हराएको भन्दै गाउँपालिकाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

Lumbinikhabar Online

सामाजिक सुरक्षा भत्ता र राजश्व रकम गरी ५३ लाख एक हजार ८५६ रुपैयाँ गत ०७७ चैत २४ गते शंकास्पद तरिकाले हराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्लाको पञ्चकन्या गाउँपालिका-२ की वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्र विरुद्ध बदनियतपूर्णा तवरले सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको ठहर गर्दै हानी नोक्सानी गरेको रकम ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो कायम गरी शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रकम कार्यालयबाट हराएको बताए पनि कुनै तोडफोड नभएको, पैसा राखिएको दराजको चाबी सरिता र रामकुमारसँग रहेको र ढोकाको चाबी निलप्रसादसँग रहेको पुष्टि भएको र पैसा हराएको भनिए पनि सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको अख्तियारले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?