नेपाल पर्वतारोहण संघले दक्षिणकाली नगरपालिका-२ स्थित खोकना आरोग्य आश्रममा रहेका २०० जना कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ ।
आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
जापानको द निप्पोन फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनामा दक्षिणकाली नगरपालिका-२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामालगायत संघका पदाधिकारीहरूले कपडा र स्वास्थ्य सामग्री वितरण गरे ।