यसअघि ५ पटक अष्ट्रेलियन ओपनको फाइनल खेलेका स्पेनिस टेनिस खेलाडी राफेल नाडाल छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
अष्ट्रेलियाको मेलवर्नमा भइरहेको खेलमा पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको पहिलो सेमिफाइनलमा शुक्रबार इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई ३-१ को सेटमा पराजित गर्दै नाडाल फाइनल पुगेका हुन् ।
समग्रमा नाडालको यो २९ औं ग्राण्डस्लाम फाइनल हो र उनी कीर्तिमानी २१ औं पटक ग्राण्डस्लाम उपाधि नजिक पुगेका छन् । त्यसका लागि अब ३५ वर्षीय नाडालले स्टेफानोस टिटिपास र डानियल मेदभेदेभबीच हुने दोस्रो सेमिफाइनलको बिजेतासंग खेल्नेछन् ।