काठमाडौंका कीर्तिपुर नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका मृत भेटिएका छन् ।
स्रोतका अनुसार बिहान अबेर सम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको थियो । उनी नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए ।
मृत्युको कारण भने खुल्न सकेको छैन । आफन्त आएपछि पोष्टमार्टमका हुने भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।